सन्धिखर्कमा सातौं अर्घाखाँची महोत्सव सुरु,५करोडको कारोबार हुने अनुमान

सागर महत,पुष२८ अर्घाखाँची।
चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सातौं अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन,संस्कृति तथा औद्योगिक ब्यापार मेला सुरु भएको छ । स्थानीय कला संस्कृतीको झाकी समेत पस्तुत गरेको कार्यक्रमको उद्घाटन गर्दे लुम्बिनी प्रदेशका कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री दिनेश पन्थीले मेला महोत्सवले नै स्थानीय अर्थतन्त्र सुधार गर्ने बताउनुभएको छ ।पछिल्लो समय धेरै व्यवसायमा देखिएको निरासालाई चलाएमान गराउने नै महोत्सव रहेको पन्थीको भनाइ छ ।


महोत्सवको आयोजना गर्न सन्धिखर्क नगरपालिकाको पनि विशेष पहल हो । जेनजी घटना पछि यहाँको स्थानीय अर्थतन्त्रमा देखिएको प्रभाव अब महोत्सवबाट केहि पनि सुधार हुने सन्धिखर्क नगरपालिका प्रमुख कृष्णप्रसाद श्रेष्ठको दाबी छ ।


महोत्सवमा करिव ३सय ५०स्टल रहने छ भने ५करोडको कारोबार हुने अनुमान गरिएको छ ।करिव ७ं० हजार दर्शकले मेलाको अवलोकन गर्ने लक्ष्य रहेको आयोजक चेम्बर अफ कमर्शका जिल्ला अध्यक्ष अशोक श्रेष्ठले जानकारी दिनुभयो । माघ ११ गतेसम्म हुने मेलामा कृषि उपज वस्तु र प्रविधिको प्रदर्शनी गरिनेछ भने विविध सांस्कृतिक कार्यक्रम समेत हुने श्रेष्ठको भनाइ छ ।


ऐतिहासिक धार्मिक सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्नुको साथै कृषि उपज,हस्तकला,घरेलु तथा साना उधोगका उत्पादनलाई बजारसँग जोडन समेत महोत्सवले टेवा पुग्ने लुम्बिनी प्रदेशका सांसद रामजी प्रसद घिमिरे र अर्घाखाँची जिल्ला समन्वय प्रमुख जिवनारायण कोइरालाले समेत बताउनुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation