राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनीको स्थापना दिवस अर्घाखाँचीमा मनाइयो

अर्घाखाँची ।राष्ट्रिय दलित पत्रकार संघ नेपाल, लुम्बिनी प्रदेश समितिको सातौँ स्थापना दिवसको अवसरमा सन्धिखर्कमा अन्तरसंवाद तथा शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै सन्धिखर्क नगरपालिका प्रमुख कृष्ण प्रसाद श्रेष्ठले राज्यले जारी गरेको दलितसम्बन्धी अधिकारलाई लागु गर्न जरुरी रहेको बताउनुभएको छ ।सोहि अनुसार सबै तर्फबाट यसको समन्वयकारी भुमिका समुदायस्तरमा लागु गर्न आवश्यक छ ।

 

यस्तै उहाँले काम कर्तव्य अधिकारका विषयमा कोहि पनि चुक्न नहुने भनाइ राख्नुभएको थियो ।पहिला त आफ्नो अधिकारी कर्तव्यको बारेमा नबुझेको हुन सक्छन,त्यो बुझन नगरप्रमुख श्रेष्ठले आग्रह गर्नुभएको हो ।लोकतन्त्र सुदृढ बनाउन समावेशी पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको उल्लेख गर्नुभएको थियो ।प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले राज्यका हरेक निकाय सुधार गर्न संचार क्षेत्रको ठुलो भुमिका हुने बताउनुभयो ।
यस्तै प्रेस स्वतन्त्रताको प्रयोग जिम्मेवारीपूर्वक गर्न आग्रह गर्नुभएको हो ।यस्तै यि यस्ता कार्यक्रमले संचार क्षेत्रमा काम गर्ने पत्रकार बिच आपसी सम्बन्ध विस्तार हुने बताउनुभयो ।

कार्यक्रममा सन्धिखर्क नगरपालिका पुर्व उपमेयर ठाकुर कुमार बिक,संयुक्त दलित अधिकारकर्मी विष्णु परियार,पत्रकार महासंघ लुम्बिनी प्रदेश कोषाध्यक्ष प्रेमनारायण आचार्य,जिल्ल अध्यक्ष गणेश खनाल,पुर्व अध्यक्ष शोभाखर पन्थीलगायतले मनतब्य राख्दै दलित पत्रकारहरूको हक–अधिकार, पेशागत सुरक्षा, सीप विकास तथा नेतृत्व तहमा पहुँचको विस्तार गर्न संचार जगत पनि एक हुन जरुरी रहेको भनाइ राख्नुभएको थियो । कार्यक्रममा जिल्लामा क्रियाशिल रहेका सञ्चारकर्मी र केहि समाजसेवीलाई सम्मान समेत गरिएको थियो ।


राष्ट्रिय दलित पत्रकार संघ नेपालकी केन्द्रिय सदस्य राधा नेपालीले कार्यपत्र पस्तुत गरेका कार्यक्रम राष्ट्रिय दलित पत्रकार संघ लुम्बिनी प्रदेश सचिव अनिल नेपालीको अध्यक्षता र बिक्रम नेपालीको सञ्चालनमा सम्पन्न भएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation