अर्घाखाँचीको भुमिकास्थानमा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु

सागर महत,पुष २९ अर्घाखाँची ।अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ३मा टिप्पर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।लु २ ख ३३२८ नम्बर को टिप्पर दुर्घटना हुँदा प्युठान बस्ने ५८ वर्षिय चालक कुशल रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

भुमिकास्थान ३ को ठुलाखर्क स्थित भित्री सडक खण्डमा टिप्परमा गिट्टि लोड गरी ब्याक गर्ने क्रममा सडक देखि करिव ४०० मिटर तल खसेर दुर्घटना भएको हो ।उनको उपचारको क्रममा आज जिल्ला अस्पताल अर्घाखाँचीमा मृत्यु भएको सुचना अधिकारी झलक प्रसाद शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation