घरेलु कार्यालय अर्घाखाँचीको आयोजनामा बुटिकसम्बन्धी सीप विकास तालिम सम्पन्न

सागर महत,माघ ०१ अर्घाखाँची
घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा बुटिकसम्बन्धी सीप विकास तालिम तथा प्रविधिमा सहयोग कार्यक्रम सफलतापूर्वक सन्धिखर्कमा सम्पन्न भएको छ। स्थानीय उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रममा जिल्लाका विभिन्न पालिकाबाट महिलाहरूको सहभागीता रहेको थियो ।

समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले सीपको सोहि सदुपयोग गर्न आग्रह गर्नुभएको छ ।पछिल्लो समय सीप सिक्ने त्यसको सदुपयोग नगर्ने भएको छ । राज्यले लगानी गरे अनुसार सहभागीहरु व्यवसाय तर्फ जोडिन आवश्यक रहेको प्रमुख कोइरालाको भनाइ छ ।

सिप मुलक कार्यक्रमले व्यवसायमा जोड्न ठुलो भुमिका खेल्ने छ ।जसले गर्दा रोजगारीको अवसर स्थानीय स्तरमा पनि संचालन गर्न सकिने सन्धिखर्क नगरपालिका उपप्रमुख मिश्रा आचार्यले बताउनुभयो ।


४५ दिन सम्म संचालन भएको कार्यक्रमअन्तर्गत सहभागीहरूलाई आधुनिक बुटिक व्यवसाय, डिजाइन, सिलाइ–कटाइ, उद्यम सञ्चालनसम्बन्धी व्यवहारिक ज्ञान प्रदान गरिएको थियो। साथै, तालिमपछि व्यवसाय सुरु गर्न सहज होस् भन्ने उद्देश्यले आवश्यक प्रविधि तथा उपकरणसमेत सहयोग गरिएको घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीकी प्रमुख दुर्गा न्यौपानेले बताउनुभयो ।

सीपमूलक तालिमले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सहयोग पुग्ने र महिलाहरूलाई आत्मनिर्भर बनाउन टेवा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।


तालिममा सहभागी विष्णु माया चुदाँलीले सिपको सोहि प्रयोग गर्ने बताउनुभएको हो भने तालिमको प्रशिक्षकमा राधा चुदाँली रहनुभएको थियो ।यि यस्ता सीपको सोहि सदुपयोग गरियो भने रोजगारीमा जोडिन सहज मिल्ने छ ।कार्यक्रम घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीका उद्यम सहजकर्ता अजुन सिङको संचालनमा सम्पन्न भएको हो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation