अर्घाखाँचीमा निर्वाचन प्रहरीमा आकर्षण घट्यो, माग संख्या भन्दा कमको आवेदन

सागर महत,माघ ०३ अर्घाखाँची ।

अर्घाखाँचीमा निर्वाचन प्रहरीमा भर्ना हुनेको आकर्षण घटेको पाइएको छ। आउँदो फागुन २१ मा हुने प्रतिनिधिसभा चुनावका लागि आह्वान गरिएको निर्वाचन प्रहरी भर्नामा माग भए जति आवेदन नपरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले २ दिनको म्याद थपेको हो ।
जिल्लामा निर्वाचन प्रहरी कुल १२सय ६५माग भए पनि हाल सम्म ८सयको आवेदन परेकाले पुन आज र भोलीको म्याद थपिएको सुचना अधिकारी झलक शर्माले जानकारी दिनुभयो ।
निर्वाचन प्रहरीमा भर्ना हुनेले जिल्ला प्रहरी कार्यालय अर्घाखाँची सन्धिखर्क,सन्धिखर्क शसस्त्र प्रहरी बल नेपाल ३६ नम्बर गुल्म लदाम,इलाका प्रहरी कार्यालय ठाडा र इलाका प्रहरी कार्यालय खनमा सम्पर्क गर्न सकिने प्रहरी नायव उपरिक्षक दिवस बहादुर जिसीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation