अर्घाखाँचीमा राजनीतिक दलहरुलाई उम्मेदवारी दर्ताको लागि समय निर्धारण

 

सागर महत,माघ ०४ अर्घाखाँची।प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा राजनीतिक दलहरुलाई उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।जस अनुसार माघ ६ गते मनोनयन दर्ताको लागि कांग्रेसलाई दिउँसो ४ बजेदेखि ५ बजेसम्म, एमालेलाई दिउँसो १ देखि २ बजेसम्म, नेपाली कम्युनिष्ट पार्टीका लागि २ बजेदेखि २ः३० सम्म र राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई बिहान ११ देखि १२ बजेसम्म समय तोकिएको हो ।


त्यस्तै राष्ट्रिय जनमोर्चालाई १२ बजेदेखि १ बजेसम्म जनता समाजवादी पार्टीलाई दिउँसो ३ः३० देखि ४ बजेसम्म, राप्रपालाई दिउँसो २ः४५ देखि ३ः१५ सम्म समय निर्धारण गरिएको जनाएको छ ।

जिल्ला समन्वय समिति प्रमुख जीवनारायण कोइरालाको प्रमुख आथिथ्यतामा बसेको बैठकले सोहि निर्णय गरेको हो ।अर्घाखाँचीमा निर्वाचनका लागि १ लाख ७१ हजार ६ सय ५२ मतदाता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation