अर्घाखाँची ।जेनजी आन्दोलनको क्रममा अर्घाखाँचीले एक नव जोवान युवा गुमाएको थियो। ती हुन भूमिकास्थान नगरपालिका वडा नम्बर ४ का माधव सारु मगर जसको परिवारलाई परिचयपत्र प्रदान गरिएको छ।

बुवा चन्द्र बहादुर सारु मगर र आमा मधु सारु मगरलाई अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी तोय नारायण सुवेदीले प्रशासन कार्यालयबाट सहीद परिवारको परिचयपत्र प्रदान गर्नुभएको हो।नेपाल सरकारको निर्देशनअनुसार जेनजी आन्दोलनका क्रममा घाइते तथा मृतकका परिवारलाई परिचयपत्र वितरण कार्य योजना अन्तर्गत यहाँ पनि वितरण गरिएको हो।

















