सागर महत,माघ ०७सन्धिखर्क।अर्घाखाँचीमा प्रतिनिधि सभाका लागि १५ जनाले उम्मेदवारी दर्ता गरेका छन्। जसअन्तर्गत नेपाली कांग्रेसका विष्णुप्रसाद खनाल (मुस्कान) नेपकपा एमालेका पिताम्बर भुसाल ,राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट हरि प्रसाद भुसाल ,नेपाली कम्युनिस्ट पाटीबाट रामबहादुर चौहानले उम्मेदवारी मनोनयन गराउनुभएको छ ।
यस्तै राष्ट्रिय जनमोर्चाबाट पशुपति ढकाल, नेपाल कम्युष्ट पार्टी माओवादीका खेमबहादुर घर्ती मगर,प्रगतिशील लोकतान्त्रिक पार्टीबाट पुस्करनाथ आचार्य,राष्ट्रिय प्रजातन्त्र पार्टीका झविन्द्र फुल्लेल ,जनता समाजवादी पार्टीका टुकबहादुर चुवाली,स्वतन्त्र उम्मेदवार रवि शाह लगायतले पनि उम्मेदवारी दिएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख बुद्वप्रकाश पौड्ेलले जानकारी दिनुभयो ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले सबै दललाई समय निर्धारण गरेर उम्मेदवारी दर्ताको समय दिएको र सोही अनुसार उम्मेदवारी दिनको लागि आएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेको भनाइ छ ।

















