अर्घाखाँची महोत्सवमा करिव ५ करोडको कारोबार

सागर महत,माघ १३ अर्घाखाँची ।
चेम्बर अफ कमर्स अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा सातौं अर्घाखाँची महोत्सव एवं, कृषि, पर्यटन,संस्कृति तथा औद्योगिक ब्यापार मेला सम्पन्न भएको छ। महोत्सव स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्ने तथा जिल्लाका पर्यटकीय क्षेत्रलाई टेवा पु¥याउने उद्देश्यसहित आयोजना गरिएको महोत्सवमा ७० हजार दर्शकले अवलोकन गरेको अध्यक्ष अशोक श्रेष्ठले बताउनुभएको छ ।

पुष २७ गतेदेखि सुरु भएको महोत्सवमा ३सय ५०स्टल रहेकोमा करिव ५करोडको कारोबार भएको उहाँको भनाइ छ । ऐतिहासिक धार्मिक सांस्कृतिक र प्राकृतिक सम्पदाको प्रचारप्रसार गर्नुको साथै कृषि उपज, हस्तकला, घरेलु तथा साना उद्योगका उत्पादनलाई बजारसँग जोड्न महोत्सवले भूमिका खेलेको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
महोत्सवमा राष्ट्रियस्तरका विभिन्न कलाकारले आफ्नो प्रस्तुति राखेका थिए ।समापन कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले महोत्सवले स्थानीय अर्थतन्त्र चलाएमान गर्न ठुलो भुमिका खेलेको बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation