अर्घाखाँचीमा एचआईभी सक्रिय संक्रमितको संख्या १सय ४९ पुग्यो

सागर महत,माघ१४ अर्घाखाँची
अर्घाखाँचीमा एचआईभी संक्रमितको संख्या हाल सम्म १सय ८४ पुगेको छ ।जसमध्ये ३५ जना संक्रमितको मृत्यु भएको हो ।अब जिल्लामा पुरुष ७६ जना,महिला७३ जना र बालबालीका ७ गरि कुल संक्रमितको संख्या १सय ४९ रहेको स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा सन्धिखर्कमा भएको अन्तरक्रिया कार्यक्रममा बोलै कार्यालय प्रमुख कृष्ण प्रसाद पोखरेलले बताउनुभएको हो ।संदेश समुह अर्घाखाँले यो डाटा तयार पारेको हो ।
जिल्लाका ६ पालिका मध्ये छत्रदेव गाउँपालिकाले मासिक १५सय रुपँया एचआईभी संक्रमितलाई भत्ता उपलब्ध गराउँदै आएको बताउनुभयो ।नियमिति औषधी सेवन जस्ता विषयमा समन्वय गरेर कार्यालयले काम गर्दै आएको प्रमुख पोखरेलले बताउनुभयो ।
एचआईभी संक्रमितको संख्याको दर रोक्न सबै पालिकाले कार्य योजनाका साथ बढ्न आवश्यक रहेको जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले बताउनुभएको छ । बढ्दो एचआईभी संक्रमितको दर रोक्न सचेतना अभियान जरुरी कोइरालाको भनाइ छ।
संदेश सहयोग समुहकी प्रतिनिधि पार्वता केसीका अनुसार एचआईभी संक्रमित व्यक्तीलाई अझै पनि समुदाय स्तरमा विभेद गर्ने गरेको बताउनुभयो ।
विशेष गरि एचआईभी सम्बन्धी लाल्छना तथा भेदभाव कम गर्ने उद्देश्यले जनप्रतिनिधि, पत्रकार, एचआईभी संक्रमित व्यक्ति तथा मुख्य जोखिम समूह लक्षित अभिमुखीकरण कार्यक्रममा एचआईभी÷एड्सको अवस्था, कानुनी अधिकार, सञ्चारमाध्यमको भूमिका लगायतका विशेषमा एअर हेल्थ केयर बुटवलका धर्मराज भट्टराइले प्रशिक्षण दिनुभएको थियो।कार्यक्रममा स्थानीय तहका जनप्रतिनिधि लगायतको पनि सहभागीता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation