अर्घाखाँचीमा निर्वाचन आचारसंहिता अनुगमन समिति गठन

सागर महत ,माघ १५ अर्घाखाँची ।
अर्घाखाँचीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सन्धिखर्कको आयोजनामा निर्वाचन आचारसंहिताका विषयमा सरोकारवाला संग अन्तरक्रिया सम्पन्न भएको छ । निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिता–२०८२ जारी गरिएकाले सोहि अनुसार जिल्लामा लागु गर्न कार्यक्रम गरिएको मुख्य निर्वाचन अधिकृत शिवलाल पाण्डेले जानकारी दिनुभयो ।
यस्तै निर्वाचन आयोगको अनुमति बिना गाडीमा झन्डा राख्न नपाइने,बढीमा २वटा सवारी मात्र प्रयोग गर्ने,साउण्ड सिस्टम राख्न नपाइने,सार्वजनिक स्थानमा कार्यक्रम गर्दा पहिलो जानकारी दिनुपर्ने लगायतका नियम आचारसंहितामा रहेका छन ।
आचारसंहिता अनुगमन समिति पनि गठन भएको छ ।

जसअन्तर्गत मुख्य निर्वाचन अधिकृत संयोजक,प्रमुख जिल्ला अधिकारी सहसंयोजक,सदस्यहरुमा जिल्ला प्रहरी कार्यालय प्रमुख,सशस्त्र प्रहरी बल नेपाल,राष्ट्रिय अनुसन्धान लगायत निर्वाचन आचारसंहिताको सदस्य रहेको जनाएको छ । एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लामा फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनका लागि राजनितिक दल र स्वतन्त्र गरि १५ जनाले उम्मेदवारी दिएका छन ।कार्यक्रममा प्रमुख जिल्ला अधिकारी तोयनाराण सुवेदीले फागुन १० गते सम्म मतदानस्थलमा जाने सडक संजाललाई सहज बनाउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation