सागर महत,माघ १६ अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ टारी बजारमा टिपरको ठक्करबाट एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको मालारानी गाउँपालिका ५ थाम्का का उमेश खत्री रहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक दिवस बहादुर जिसीले जानकारी दिनुभयो ।

आज बेलुकी ७ बजेको समयमा हंसपुरबाट टारी तर्फ आउदै गरेको लु १ क ५१३३ नम्बरको टिपरले पैदल हिडिरहेका खत्रीलाई ठक्कर थियो ।टिपर चालक फरार रहेको र खोजी कार्य जारी रहेको उहाँको भनाइ छ ।शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याउन लागिएको छ ।प्रहरी नायव उपरिक्षक जिसीको टोली घटना स्थलमा रहेको र थप अनुसन्धान भैरहेको जनाएको छ ।

















