अर्घाखाँचीमा १५सय बढी किशोरीलाई एचपिभी खोप लगाइने

सागर महत,माघ २२अर्घाखाँची ।
पाठेघरको मुखको क्यान्सर रोकथामका लागि अर्घाखाँचीमा माघ २७ गतेदेखि फागुन ४ गतेसम्म ‘एचपिभी’ खोप अभियान सञ्चालन गरिने भएको छ । स्वास्थ्य कार्यालयले जिल्लाका १५सय ३० छात्रा तथा किशोरीलाई खोप लगाउने लक्ष्य राखेको खोप समन्वय समिति तथा संचारक्रमी संग भएको अन्तक्रिया कार्यक्रममा बताएको छ ।
जसअन्तर्गत कक्षा ६मा अध्यान गर्ने छात्रा तथा किशोरीहरु १४सय३० जना ,गत वर्षको अभिायनमा खोप लगाउन छुटेका कक्षा ७ देखि १० सम्म अध्ययनरत ४१ जना किशोरी यस्तै विद्यालय नजाने १० वर्ष सम्मका ३७ जना किशोरी गरि कुल १५सय ३० किशोरीलाई खोप लगाउन लागिएको स्वास्थ्य कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो ।जसका लागि ६वटा पालिकामा रहेका १सय ४५ विद्यालयमा खोप केन्द्र तोकिएको छ ।

पालिका अन्तर्गत छत्रदेव गाउँपालिकामा १सय ५७,मालारानी गाउँपालिकामा २सय १५ जना,पाणिनि गाउँपालिका २सय ११ जना,शितगंगा नगरपालिकामा २सय ९२ जना,भुमिकास्थान नगरपालिकामा २सय ४४ जना र सन्धिखर्क नगरपालिकामा रहेका ३सय ७४ जना विद्यालय जाने छात्रा तथा किशोरीहरु खोप लगाउन लागिएको हो ।

यस्तै विद्यालय नजाने छत्रदेव गाउँपालिका का ५ जना,शितगंगा नगरपालिका का ७जना,सन्धिखर्क नगरपालिकाका २२ जना,मालारानी गाउँपालिकाका ३ जना गरि कुल विद्यालय नजाने ३७ जनालाई खोप लगाइने छ ।
यस्तै जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समिति प्रमुख जिवनारायण कोइरालाले यो अभियान सफल पार्न स्थानीय तहलाई पनि सघाउन आग्रह गर्नुभएको हो ।खोपबाट कसैलाई बन्चीत नबनाउन समेत उहाँको भानाइ छ ।
यता सन्धिखर्क नगरपालिका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठ,प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले पनि यो अभियान सफल पार्न सबैमा अनुरोध गर्नुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation