काठमाण्डौ ।आईसीसी टी–२० विश्वकप क्रिकेटमा नेपाल इङ्ग्ल्यान्डसँग ४ रनले पराजित भएको छ ।
इङ्ग्ल्यान्डले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८० रन मात्र बनाउन सक्यो । राम्रो ओपनिङ दिएको नेपालका कुशल भुर्तेलले २९ रन बनाए । आसिफ सेख ७ रनमा आउट भए । दिपेन्द्रसिंह ऐरिले ४४ रन बनाउँदा कप्तान रोहित पौडेलले ३९ र आरिफसेखले १० रन बनाए । लोकेश बम ३९ र करन केसी १ रनमा अविजित रहे । जित नजिक रहेको नेपालले अन्तिम ओभरमा गुलसन झा को विकेट गुमाउँदा खेल हार्न पुग्यो ।

















