दुवै मृगौला फेल भएपछि लक्ष्मी विकको उपचारका लागि सहयोगको अपिल

सागर महत,माघ २५ अर्घाखाँची ।अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ५ बाँगी मिलन टोल निवासी ३० वर्षीया लक्ष्मी विकका दुवै मृगौला फेल भएका छन्। कलिलो उमेरमै गम्भीर स्वास्थ्य समस्यामा परेपछि उनको परिवार गहिरो पीडामा परेको छ।
हाल लक्ष्मी विकको उपचार काठमाडौंस्थित वीर अस्पतालमा डायलाइसिसमार्फत भइरहेको छ। चिकित्सकका अनुसार उनको जीवन रक्षाका लागि तत्काल मृगौला प्रत्यारोपण गर्न आवश्यक रहेको छ।
तर प्रत्यारोपणका लागि ठूलो आर्थिक रकम आवश्यक पर्ने र हालसम्म भएको सम्पूर्ण बचत रकम उपचारमै खर्च भइसकेकाले परिवार आर्थिक संकटमा परेको छ। आर्थिक अभावका कारण उपचार प्रक्रिया अघि बढाउन कठिनाइ भइरहेको बताइएको छ।
यस परिस्थितिमा लक्ष्मी विकको जीवन बचाउन देश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली हरूलाई सक्दो आर्थिक सहयोग गरिदिन परिवारले  अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation