सागर महत,माघ २६ अर्घाखँँची।
नेपाली कांग्रेसकी उपसभापति पुष्पा भुसालले बदलिँदो राजनीतिक परिवेशअनुसार नेपाली कांग्रेस रूपान्तरण हुँदै आएको बताउनुभएको छ। सोहि अनुसार आगामी फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनमा नेपाली कांग्रेस पहिलो दल बन्ने दाबी गर्नुभएको छ ।नेपाली कांग्रेस सन्धिखर्क नगरकमिटी अर्घाखाँचीले पार्टी कार्यालयमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उपसभापति भुसालले यस्तो बताउनुभएको हो।
नागरिकले काँग्रेस सच्चिनुपर्छ भनेर दिएको खबरदारीलाई आफूहरुले आत्मसात गरेको उहाँको भनाइ छ । त्यसैले अहिले काँग्रेस रूपान्तरित काँग्रेसका रूपमा मतदाताका बीचमा आएको उल्लेख गर्नुभयो । सोहि अनुसार नयाँ परिवेश र नयाँ एजेन्डाका साथ यसपटकको निर्वाचनमा १ सय ६ स्थानमा नयाँ उम्मेदवार उठाएको भुसालको भनाइ छ ।

नेपाली काँग्रेस राणा शासनको अन्त्यदेखि, पञ्चायत विरुद्धको संघर्ष र बहुलवादको स्थापनासम्म काँग्रेसकै नेतृत्वदायी भुमिका छ । अहिलेको आवश्यकताको आधारमा पार्टीको संस्थागत निर्णयबाटै गगन थापालाई ‘भावी प्रधानमन्त्री’का रूपमा प्रस्तुत गरेको बताउनु भयो । यस्तै कांग्रेसले १सय भन्दा बढी सिट ल्याउने दाबी समेत गर्नुभएको हो ।
यस्तै नेपाली कांग्रेसका केन्द्रिय सदस्य कमलप्रसाद भुसालले केहि कमी कमजोरी भए अब सच्याएर जाने बताउनुभयो ।
नेपाली कांग्रेस अर्घाखाँचीबाट आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका उम्मेदवार विष्णुप्रसाद खनाल (मुस्कान)ले समर्ग जिल्लाको विकासको लागि सबै संग हातेमालो गरेर काम गर्न आफु जनता माझ आएको र सोहि अनुसार आम जिल्लाबासीले यसपटक आफुलाई मतदान गर्ने बताउनुभयो ।
यस्तै नेपाली कांग्रेस जिल्ला सभापति केशव श्रेष्ठ सबै नेता तथा कार्यकर्ता चुनावी अभियानमा लाग्न आग्रह गर्नुभयो । नेपाली काग्रेस समानुपातिक उमेदवार ललिता सुनार लगाएतका नेताहरुको उपस्थिति रहेको कार्यक्रम सन्धिखर्क नगरसभापति तुल्सिराम पौडेल को सभापतित्व सचिव कृष्ण बहादुर आचार्यको सन्चालनमा सम्पन्न भएको हो।


















