हामीबाट लोकतन्त्र खतरा छैनः रवि लामिछाने

सागर महत,फागुन १ अर्घाखाँची ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले देशमा विकास र सुशासन आवश्यकता भएकाले त्यसका लागि आफू नेतृत्वको पार्टी जनतामाझ आएको बताउनुभएको छ ।अर्घाखाँचीको मालारानी गाउँपालिका को खनदह र सन्धिखर्कमा भएका छुट्टाछुटै चुनावी कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
आगामी निर्वाचनबाट देशले नयाँ नेतृत्व चाहेकाले आफुहरु सोहि मार्गमा हिडेको बताउनुभएको छ ।हामीहरुको उदयले केहि राजनितिक दलहरुले लोकतन्त्र खतरा भएको भनेका छन त्यस्तो कदाबी नहुने बताउनुभएको हो ।यस्तै लोकतन्त्रको खतरा गर्ने हेलिकोप्टर चढेर गए ।त्यस्ता व्यक्ती पुन बालुवाटारमा आएमा लोकतन्त्रको खतरा हुने समेत बताउनुभएको छ ।
सुशासनको एजेण्डासहित निर्वाचनमा होमिएको भन्दै अघिल्लो निर्वाचनको तुलनामा बढी सिट जितेर रास्वपा ससंदमा पुग्ने बताउनुभयो।सभापति लामिछानेले न्याय र सुशासनको माग गर्दा सहिद भएका नवयुवाहरूको सपनालाई खेर जान नदिने बताउनुभयो ।

यस पालि अर्घाखाँचीमा रास्वपा का उम्मेदवार हरिप्रसाद भुसाललाई जिताउन आग्रह गर्नुभएको हो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation