सागर महत,फागुन ७ अर्घाखाँची ।
अर्घाखाँचीमा पहिलो पटक पालिका स्तरमा करदाता सेवा शाखाको औपचारिक उद्घाटन भएको छ । जस अन्तर्गत जिल्लाको शितगंगा नगरपालिकाले कर प्रशासनसम्बन्धी सेवा नागरिकको पहुँचमा पु¥याउने उद्देश्यले करदाता सेवा शाखाको संचालनमा ल्याएको छ ।
अब करदाताहरूलाई कर चुक्ता प्रमाणपत्र लिन सदरमुकाम सन्धिखर्क जानुपर्ने बाध्यता अन्त्य भएको नगरप्रमुख छविलाल पौड्ेलले जानकारी दिनुभयो ।वास्तविक अर्थमा सिंहदरबार घरघरमा पुगेको अनुभूति दिलाउने काम भएको उहाँको भनाइ छ ।
“करदाता सेवा कार्यालयबाट प्रवाह हुँदै गरेका सेवाहरू स्थानीय तहबाट प्रवाह गर्ने सम्बन्धी कार्य सञ्चालन कार्यविधि, २०८२” बमोजिम नगरपालिकाको कार्यालयमा आयोजित विशेष समारोहबिच शाखाको उद्घाटन गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले बताउनुभएको हो ।भुगोलका आधारमा देशको सबै भन्दा ठुलो नगरपालिका भए पनि यहाँका विकट वडाबाट कर चुक्ता प्रमाणपत्र लिन सन्धिखर्क आउँदा २ दिनको समय खर्चिनु पर्ने बाध्यता अन्त्य समेत भएको छ ।

















