सन्धिखर्कमा झण्डा जलाइएको विरोधमा प्रदर्शन

अर्घाखाँची । दाङको तुल्सीपुरमा नेकपा एमालेको झन्डा जलाएको घटनाको विरोधमा अर्घाखाँचीमा राष्ट्रिय युवा संघ नेपालले प्रदर्शन गरेको छ। प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत नेकपा एमाले अर्घाखाँची जिल्ला युवा परिचालन कमिटीका संयोजक तोजबहादुर रायमाझी विधानले विरोध जुलुसपछि आयोजित कोण सभालाई सम्बोधन गर्दै उक्त घटनाको कडा शब्दमा भर्त्सना गरे।

 

उनले सार्वजनिक रूपमा पार्टीको चुनाव चिन्हमा आगजनी गर्नु लोकतान्त्रिक मूल्य र राजनीतिक संस्कृतिविपरीत भएको बताए। “सूर्य कागजमा छापिएको चिन्ह मात्र होइन, यो जनताको विश्वास, भरोसा र आस्था हो,” उनले भने।

रायमाझीले राजनीतिक असहमति भए सार्वजनिक बहस र संवादमार्फत प्रस्तुत गर्नुपर्ने उल्लेख गर्दै प्रतिक जलाउने कार्य अस्वीकार्य भएको धारणा राखे।सन्धिखर्कमा पार्टीका उम्मेदवार पीताम्बर भुसालको घरदैलो कार्यक्रमको भिडियो अतिरञ्जित रूपमा सामाजिक सञ्जालमा प्रचार गरिएकोप्रति पनि उनले आपत्ति जनाए। कार्यक्रममा सहभागी युवाहरूले राजनीतिक तथा सांस्कृतिक अराजकता अन्त्य गर्नुपर्नेमा जोड दिएका थिए। विरोध सभामा पार्टी समर्थक युवाहरूको उल्लेख्य उपस्थिति रहेको आयोजकले जनाएको छ।
दाङमा भएको घटनापछि राष्ट्रिय युवा संघ नेपालले देशका विभिन्न जिल्लामा विरोध कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation