काठमाण्डौ । पोखराबाट काठमाण्डौका लागि छुटेको बस धादिङको त्रिशूली नदी किनारमा खस्दा १७ जनाको मृत्यु भएको छ । २३ जना घाइते भएका छन् ।ग २ ख १४२१ नम्बरको बस गएराति धादिङको बेनिघाटरोराङको चरौंदी नजिकै त्रिशूली नदी किनारमा खसेको हो ।
सुरक्षा निकाय र स्थानीयबासिन्दाको सक्रियतामा अहिले उद्धारको काम भैरहेको धादिङ प्रहरीले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय धादिङका प्रमुख शिशिर थापाका अनुसार २३ घाइतेलाई उपचारको लागि अस्पताल पठाइएको राजमार्ग उद्दार व्यवस्थापन समितिको अध्यक्ष राजकुमार ठकुरीले जानकारी दिनुभयो । बसमा ३५ भन्दा बढी यात्रु सवार रहेको जनाएको छ ।

















