सागर महत,फागुन १४अर्घाखाँची ।
अर्घाखाँचीमा निर्वाचनका सम्पुर्ण सामग्री आएको प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदीले बताउनुभएको छ ।आज संचारक्रमी संग भएको निर्वाचन विशेष भेटघाट कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो ।
निर्वाचन मतपेटी लगायतका सामाग्री मतदान केन्द्रमा पठाउनको लागि प्याकिङको काम जारी रहेको छ ।२सय ११ मतदान केन्द्रमा सामग्री पठाउने तयारी भैरहेको छ । मतदान केन्द्र मध्ये थाई १सय ९ र २ अस्थायी रहेको प्रमुख जिल्ला अधिकारी सुवेदीले बताउनुभयो ।अस्थायी मतदानमा समानुपातीक मतदान हुने हो ।
एक मात्र निर्वाचन क्षेत्र रहेको जिल्लाको सुरक्षा अवस्था बुझन अधिकांश ठाँउमा आफुहरु पुगिसकेकाले सुरक्षाको लागि कुनै समस्या नरहेको र मतदाताले ढुक्कका साथ मतदान गर्न सक्ने उहाँको भनाइ छ ।निर्वाचन सम्पन्न गर्नको लागि कुल १२सय ६२ कर्मचारी खटान नामवली सहित सुची प्रकाशन भएको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका प्रमुख बुद्व प्रकाश पौड्ेलले बताउनुभयो । कुल मतदाताको संख्या १ लाख ७१ हजार ६सय ६२ रहेको छ ।

















