सागर महत,फागुन १४ अर्घाखाँची ।
अर्घाखाँचीमा बँदेललाई थापेको पासोमा परेर २ हप्ताको अवधिमा २ वटा चितुवा मरेका छन ।जसअन्तर्गत आज सन्धिखर्क नगरपालिका वडा नम्बर ७ उपल्लो किटेनी गाउँको बारीको छेउमा थापेको पासोमा चितुवा परेको थियो ।

डिभिजन वन कार्यालयको टोली उद्वार गर्न जाने समयमा मरिसकेको अवस्थामा भाले चितुवा मृत फेला परेको डिभिजन वन कार्यालय अर्घाखाँचीका सुचना अधिकारी केशर खड्काले जानकारी दिनुभयो ।
यस्तै मालारानी गाउँपालिका वडा नम्बर ३मा पनि १ हप्ता अघि पासोमा परेको पोथी चितुवालाई उद्वार गरेर लिएपनि सन्धिखर्कमा उपचारको क्रममा मरेको हो ।पछिल्लो समय किसानको बाली जगंली जनावर बाँदर,बँदेल र दुम्सी जस्ता जनावरले क्षति गर्ने भएकाले पासो थाप्न बाध्य रहेको किसानको भनाइ छ ।

















