जनकपुर ।नेपालको धनुषास्थित सतलोक आश्रममा जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजको सान्निध्यमा आदरणीय सन्त गरीबदास जी महाराजको ३००औँ पावन बोध दिवसको शुभ अवसरमा आज फाल्गुन १४ गते, फाल्गुन शुक्ल दशमीका दिन बिहान ९ः१५ बजेबाट तीन दिवसीय विशाल आध्यात्मिक महासमागम तथा अमर ग्रन्थ साहेबको अखण्ड पाठको भव्य शुभारम्भ भएको छ।
यो पावन अवसरमा धनुषास्थित सतलोक आश्रम लगायत् भारतका विभिन्न स्थानहरूमा रहेका कुल १३ वटा सतलोक आश्रमहरू ९जस्तै सतलोक आश्रम धनाना धाम, सोनीपतस सतलोक आश्रम कुरुक्षेत्रस सतलोक आश्रम भिवानीस सतलोक आश्रम सोजत, राजस्थानस सतलोक आश्रम शामली, उत्तर प्रदेशस सतलोक आश्रम खमाणों, पंजाबस सतलोक आश्रम धुरी, पंजाबस सतलोक आश्रम मुंडका, दिल्ली सतलोक आश्रम बैतूल, मध्य प्रदेशस सतलोक आश्रम इंदौर, मध्य प्रदेशस सतलोक आश्रम महोली, सीतापुर, उत्तर प्रदेशस सतलोक आश्रम धवलपुरी, महाराष्ट्र आदि र विश्वभरका मन्त्रदीक्षा केन्द्रहरूमा पनि एकसाथ भव्य रूपमा कार्यक्रम आयोजना भइरहेको छ । यस महासमागममा हजारौं श्रद्धालु भक्तजनहरुले आध्यात्मिक लाभको अनमोल अवसर प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

कार्यक्रमका मुख्य आकर्षणहरूमा अमर ग्रन्थ साहेबको निरन्तर अखण्ड पाठ, विशाल भण्डारा, निःशुल्क मन्त्रदीक्षा, रक्तदान शिविर, दाइजो तथा आडम्बररहित आदर्श विवाह आदिको आयोजना रहेको छ । यी सम्पूर्ण क्रियाकलापहरूले समाजमा सच्चा भक्ति, मानव सेवा, दया तथा अन्धविश्वासमुक्त जीवनशैलीको सन्देश प्रवाह गर्ने लक्ष्य राखेका छन् । कार्यक्रमलाई सामाजिक सञ्जालहरू ,सन्त रामपाल जी महाराजको आधिकारिक च्यानलहरू मार्फत प्रत्यक्ष प्रसारण गरिनेछ, जसले विश्वभरका भक्तजनहरूलाई घरमै बसेर सहभागी हुने सुविधा प्रदान गर्नेछ।
ऐतिहासिक महत्वका साथ, आजभन्दा ३०० वर्षअघि फाल्गुन सुदी द्वादशीका दिन आदरणीय सन्त गरीबदास जी महाराजले भारतको हरियाणामा जिन्दा माहात्माको भेषमा परमेश्वर कबीर साहेबजी द्वारा मन्त्रदीक्षा अर्थात् बोध प्राप्त गर्नुभएको थियो । सोही पवित्र दिनको स्मरणस्वरूप हरेक वर्ष विश्वभरका सतलोक आश्रमहरूमा यस्ता भव्य महासमागमहरू आयोजना हुने गर्दछन् । यस दिवसले मानव जातिलाई सच्चा आध्यात्मिक मार्ग, मोक्षको बाटो र नैतिक जीवनशैलीको सन्देश दिँदै आएको छ ।
यस पावन अवसरमा पूर्ण ब्रह्म कबीर उपासक समाज, नेपाल एवं जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजका सम्पूर्ण भक्तजनहरूद्वारा परिवारजनसहित उपस्थित भई सच्चा भक्तिमार्ग ग्रहण गर्न हार्दिक निमन्त्रणा गरिएको छ । यो तीन दिवसीय महासमागमले आध्यात्मिक जागरण, विश्व शान्ति तथा सच्चा मुक्तिको मार्गलाई अझ सशक्त बनाउने विश्वास गरिएको छ ।

















