धनुषा ,फागुन०८ । जगतगुरु तत्त्वदर्शी सन्त रामपाल जी महाराजको ३९औँ बोध दिवसको उपलक्ष्यमा सतलोक आश्रम धनुषा, नेपालमा आयोजित यस वर्षको तीन दिवसीय भव्य कार्यक्रम आज पूर्ण रूपमा समापन भएको छ। कार्यक्रमको अन्तिम क्षणमा आदरणीय सन्त गरीबदास जी महाराजको अमर ग्रन्थ (सद्ग्रन्थ साहिब) का अमर वाणीहरूको अखण्ड पाठपछि परमेश्वर कबीर साहेब तथा आफ्ना गुरु जी सन्त रामपाल जी महाराजलाई भोग लगाएर भोग की वाणी (भोग को आरती) पढेर लाखौँ भक्तहरूको उपस्थितिमा यो आध्यात्मिक उत्सवको समापन गरिएको हो।
यो तीन दिवसीय कार्यक्रम फागुन ३ देखि ५ गतेसम्म ९फेब्रुअरी १५ देखि १७, २०२६० चलेको थियो। पहिलो दिन पाठ प्रकाशबाट सुरु भएको थियो। दोस्रो दिन रक्तदान शिविर ९५० जनाले रक्तदान० र दाइजोरहित ७ जोडीको आदर्श विवाह ९१७ मिनेटमा असुर निकन्दन रमैणी बजाएर आडम्बररहित सम्पन्न गरिने विवाह० ले विशेष आकर्षण बनेको थियो। तेस्रो दिन अमर ग्रन्थका वाणीहरूको पाठ, विशाल भण्डारा तथा अन्तिममा परमात्मा कबीर साहेब र सन्त रामपाल जी महाराजलाई समर्पित भोग लगाउने विधि तथा भोग की वाणीबाट भावपूर्ण समापन भएको छ। यसले भक्तहरूमा परमात्माप्रतिको पूर्ण श्रद्धा, भक्ति र सेवा भावना जगाएको छ।
सतलोक आश्रम धनुषामा मात्रै लाखौँ भक्तहरू सहभागी थिए। भारतका दर्जन मुख्य सतलोक आश्रमहरू ९धनाना धाम, मुन्डका, कुरुक्षेत्र, भिवानी, धुरी, खमाणो, शामली, सोजत, बैतूल, महोली, धवलपुरी, करौंथा, इन्दौर र नेपालका सहित कुल दर्जन बढी आश्रमहरूमा एकैसाथ यस्तै प्रकृतिका कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो। यसबाहेक, विश्वभरका ५५० भन्दा बढी नामदान केन्द्रहरूमा पनि ठाउँ विशेष अनुसार अनुयायीहरूको सहभागितामा आध्यात्मिक सत्सङ्ग प्रवचन, भोग लगाउने विधि तथा सामाजिक सेवाका कार्यहरू आयोजित भएका छन्।
आयोजक कुमार दंगालले जानकारी दिए कि गत निर्वाण दिवस माघ( १३ गते देखि सुरु भएको १५ गते का दिनमा समापन गरिएको थियो। ५०८ औं कवीर परमेश्वर निर्वाण दिवस मा पनि यसैगरी नै भव्यताका साथ मनाइएको थियो प्रत्येक दिन लाखौं श्रद्धालु भक्तजनहरूको सहभागिताले सतलोक आश्रम धनुषालगायत सबै आश्रमहरूमा पावन तथा उत्साहपूर्ण वातावरण रहेको सहभागीहरुको अनुभव रहेको छ भने पहिलो दिन प्रदेस २ का मुख्य मन्त्रि कृष्ण यादव तथा स्वास्थ मन्त्रि जंगीलाल राय ज्युको आगमन भयो तेस्तै दोस्रो दिन उर्जा,सिचाइ तथा खानेपानी मन्त्री जवाहरलाल कुशवाहा ज्यु तथा पुर्व मधेस प्रदेश सांसद हरिनारायण महतो ज्युको पनि कार्यक्रममा उपस्थिति रहेको बताए ।
यो बोध दिवसले सन्त रामपाल जी महाराजले १७ फेब्रुअरी १९८८ मा मन्त्रदीक्षा ग्रहण गरेको पावन दिनको सम्झना गर्दै मनाइन्छ। कार्यक्रमले सच्चा आध्यात्मिक ज्ञान, मानव सेवा, समाज सुधार र परमात्माप्रतिको भक्ति मार्गलाई विश्वव्यापी बनाएको छ। भक्तहरूले यसलाई ुसच्चा मुक्ति र भक्तिको महोत्सवु को रूपमा वर्णन गरेका छन्। आयोजकहरूले सबैलाई यस्ता पावन कार्यक्रममा सहभागी भई जीवनलाई धन्य बनाउन हार्दिक अपिल गरेका थिए।

















