सन्त रामपाल जेलबाट रिहा

अर्घाखाँची। करिब ११ वर्ष ४ महिना २१ दिनपछि हिसार सेन्ट्रल जेल नं. २ बाट सन्त रामपाल जी महाराज शुक्रबार साँझ करिब ५ः०८ बजे रिहा हुनुभएको छ। पञ्जाब र हरियाणा उच्च अदालतले ८ अप्रिल २०२६ मा FIR नम्बर ४२८ बाट चलेको देशद्रोह सम्बन्धी मुद्दामा उच्च अदालतबाट भएको जमानतको आदेशले यो ऐतिहासिक रिहाई सम्भव भएको हो।
सन् २०१४ नोभेम्बर १९ मा बरवाला (हिसार) स्थित सतलोक आश्रममा भएको घटनापछि दर्ता भएका विभिन्न मुद्दाहरूमा सन्त रामपाल जी महाराज लामो समयदेखि न्यायिक संघर्षमा हुनुहुन्थ्यो । कुल १४ प्रमुख मुद्दामध्ये ११ मुद्दामा उहाँ निर्दोष प्रमाणित भई बाइज्जत बरी (acquitted) भइसकेका छन्। बाँकी रहेका ३ मुद्दाहरूमा पनि उच्च अदालतबाट राहत प्राप्त भएको छ — ती मध्ये दुई मुद्दामा सजाय निलम्बन (suspended) भइसकेको छ भने तेस्रो बाँकी रहेको अन्तिम मुद्दा FIR ४२८ बाट चलेको देशद्रोहको मुद्दामा जमानत स्वीकृत भएपछि उहाँ जेलबाट मुक्त हुनुभएको छ।
यो फैसलालाई उहाँका लाखौं अनुयायीहरूले असत्यमाथि सत्यको धमाकेदार विजयको रूपमा मनाइरहेका छन्। वर्षौंको जेल जीवनमा पनि सन्त रामपाल जी महाराज निर्दोषताको पक्षमा अडिग रहनुभयो। उहाँको यो लामो संघर्षले देखाएको छ कि सत्यलाई केही समय दबाउन सकिन्छ, तर कहिल्यै समाप्त गर्न सकिँदैन।
करिब ११ वर्षपछि जेलमुक्त हुनुभएको सन्त रामपाल जी महाराजलाई हरियाणास्थित धनाना धाम आश्रममा श्रद्धालुहरूद्वारा भावपूर्ण स्वागत गरिएको थिए ।
सतलाेक आश्रम धनाना धाममा उहाँको स्वागतका लागि श्रद्धालुहरू लामो समयदेखि प्रतीक्षारत रहेका थिए। आश्रम परिसरमा आफ्ना गुरुजी का वाणी जय -जय कार साथ , पुष्प अर्पण तथा श्रद्धाभावपूर्ण वातावरणबीच स्वागत गरिएको बताइएका छन् । विभिन्न स्थानबाट आएका श्रद्धालुहरूले यस अवसरलाई आध्यात्मिक प्रेरणाको महत्वपूर्ण क्षणका रूपमा लिएका थिए।
अर्घाखाँचीमा लगायत नेपालकाे बिभिन्न स्थानमा चैत २८ गते सतसंग कार्यक्रममा उपस्थित भएका अनुयायीहरूले आफ्नो गुरुजीको पूर्णरुपमा जेलमुक्त भएकाे सन्देश पाएपछि खुसिका साथ प्रेमभावपूर्ण महाराजप्रति श्रद्धालुहरू उत्साहित भएको थिए ।
मुद्दाहरूको संक्षिप्त विवरण :
सन् २०१४ को बरवाला घटनासँग जोडिएका FIR ४२६, ४२७, ४२८, ४२९ र ४३० लगायत अन्य मुद्दाहरूमा विभिन्न आरोपहरू (देशद्रोह, हत्या प्रयास, दङ्गा, UAPA आदि) लगाइएका थिए। समयक्रममा अदालतहरूले प्रमाण को अभावमा ११ मुद्दामा उहाँ तथा अनुयायीहरूलाई निर्दोष प्रमाणित गर्दै लगाइएका आरोपहरुबाट मुक्त गरेका थिए। FIR ४२९ र ४३० मा दिइएको आजीवन कारावासको सजाय उच्च अदालतले निलम्बन गरेको थियो भने अन्त्यमा FIR ४२८ बाट चलेको देशद्रोह को मुद्दामा भएको जमानतले पूर्ण राहत दिएको छ। यो निर्णयले आध्यात्मिक क्षेत्रमा मात्र होइन, न्याय प्रणालीप्रति जनविश्वास बढाएको छ। सतलोक आश्रम तथा देश-विदेशका भक्तजनहरूमा खुसीको लहर छाएको छ।
यो घटनाले पुनः प्रमाणित गरेको छ सत्यको जित अन्ततः अवश्यम्भावी हुन्छ।
तस्बिर :राजेश श्रेष्ठ

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation