घना जंगलमै ३५ वर्षदेखि बसोबास गर्दै हल्देली मगर दम्पती, चलाउँदै किराना पसल

सागर महत,चैत्र २९अर्घाखाँची। शितगंगा नगरपालिका–१२ बसेरीको घना जंगलमा एक दम्पतीले विगत ३५ वर्षदेखि बसोबास गर्दै आएका छन्। लालबहादुर घर्ती मगर र उनकी पत्नी चन्द्रकला घर्ती मगरले सोही स्थानमा सानो किराना पसल सञ्चालन गरेर जीविकोपार्जन गर्दै आएका हुन्।
मालारानी गाउँपालिका–९ गोखुङ्गामा जन्मिएका लालबहादुरका अनुसार उनीहरू २०४० सालसम्म आफ्नै गाउँको चिसो हावा–पानीमा हुर्किएका थिए। त्यसपछि कपिलवस्तुतर्फ बसाइँसराइ गरे पनि त्यहाँको गर्मी सहन नसकेपछि पुनः बसेरीको जंगल क्षेत्रमा आएर व्यवसाय सुरु गरेको उनले बताए।
गोरुसिङ्गे–सन्धिखर्क सडक खण्डमा पर्ने उक्त स्थानमा चिसो पानी र शीतल हावाका कारण यात्रुहरू बेलाबेलामा सवारी साधन रोकेर आराम गर्ने गर्छन्। “यस्तो जंगलमा जंगली जनावरको डर हुँदैन ?” भन्ने यात्रुहरूको जिज्ञासामा उनीहरू मुस्कुराउँदै भन्छन्, “मन नडराए केही हुँदैन।”
उनका अनुसार उनका एक छोरा, बुहारी र नातिनातिना डोटे क्षेत्रमा बस्दै आएका छन्। तर त्यहाँको अत्यधिक गर्मीका कारण आफूहरूलाई त्यहाँ जान मन नलाग्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation