सन्धिखर्क ७मा सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मान तथा प्रोत्साहन कार्यक्रम सम्पन्न

सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ७ ले महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका सम्मान तथा प्रोत्साहन कार्यक्रम सम्पन्न गरेको छ । वडाको आर्थिक बर्ष ८२/८३को स्वीकृत कार्यक्रम अनुसार महिला स्वयंसेवीकालाइ सम्मान कार्यक्रम गरेको हो ।
कार्यक्रममा सन्धिखर्क नगरपालिका वडा न ७ का अध्यक्ष चुरा ब केसीले मन्तब्य राख्दै घर–घरमा पुगेर स्वास्थ्य सेवा पुर्‍याइरहेका स्वयंसेविकाहरूले स्वास्थ्य सूचक सुधारमा महत्वपूर्ण योगदान पुर्‍याएको बताउदै अध्यक्ष केसीले वडा भित्रका दुर्गम क्षेत्रमा निस्वार्थ सेवामा सक्रिय स्वयंसेविकाहरूको मेहनत सदैव अविस्मरणीय रहने उल्लेख गरेका छन् ।
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका हरुले यस आर्थिक वर्षमा समुदाय स्तरमा गरिने स्वास्थ्यका विभिन्न कार्यक्रम हरुको सो मूल्याङ्कनको आधारमा उत्कृष्ट स्वयंसेविकाहरुलाई पुरस्कृत गरिएको छ। पुरस्कृत हुनेमा प्रथम शुभकला नेपाली , दोश्रो मैना खत्री तेस्रो विमला केसी लाई प्रमाणपत्र डोसल्ला सहित सम्मान गरिएको थियोे भने सबै स्वयंसेविकाहरुलाई साइडब्याग र सञ्चार खर्च बाट प्रोत्साहन गरिएको छ।
कार्यक्रम ७ नम्बर वडाका वडा अध्यक्ष चुराबहादुर केसीको अध्यक्षता ,वडा सदस्य मिना ज्ञावली को स्वागत मन्तव्य तथा वडा सदस्य पुष्पा नेपाली डुकलाल पोखेलको उपस्थितमा सम्पन्न भएको हो ।
कार्यक्रममा स्वास्थ्य शाखा मा कार्यरत जनस्वास्थ्य निरीक्षक प्रकाश परियार। सन्धिखर्क नगरपालिका वाङ्ला स्वास्थ्य चौकी प्रमुख युवराज खनाल ,खाँचीकोट स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द्र बिक स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी वडा कर्मचारी राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका लगायतको उपस्थितिमा सम्पन्न कार्यक्रम वडा सचिव सिता विसी पराजुलीले सञ्चालन गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation