बालेन्द्र नेतृत्वको मन्त्रीमण्डल १५ सदस्य

काठमाडौँ, चैत १४ गते । प्रधानमन्त्रीका रूपमा बालेन्द्र शाहसहित मन्त्रिपरिषद्का १५ सदस्यले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री शाहले शपथ लिनु भएलगत्तै नवनियुक्तमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो । राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नवनियुक्त मन्त्रीले शपथ लिनुभएको हो ।

प्रधानमन्त्री बालेन्द्र शाहको मन्त्रिपरिषद्‍मा अर्थमन्त्री स्वर्णिम वाग्ले, गृहमन्त्री सुदन गुरुङ, परराष्ट्रमन्त्री शिशिर खनाल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्साल, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठ, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री गणेश पौडेल, शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुदमन्त्री सस्मित पोखरेल हुनुहुन्छ ।

त्यसैगरी स्वास्थ्य तथा जनसङ्ख्या र खानेपानीमन्त्री निशा मेहता, सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमल्सिना, भूमि, व्यवस्था सहकारी तथा गरिबी निवारण र सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम, कृषि तथा पशुपक्षी विकास तथा वन र वातावरणमन्त्री गीता चौधरी, श्रम, रोजगार मन्त्री दीपक साह र महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादीले पद तथा गोपनीयताको शपथ लिनुभएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation