अर्घाखाँचीमा रक्सी सेवन गरेपछि शिक्षिका विवादमा

सन्धिखर्क ।अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–२ स्थित भगवती माध्यमिक विद्यालयकी प्रावि राहत दरबन्दी शिक्षिका खिमा भुसाल विवादमा परेकी छन्। उनी २०६६ सालदेखि सो विद्यालयमा कार्यरत रहेको बताइएको छ।
विद्यालय प्रशासनका अनुसार कक्षा १ देखि ९ सम्मको वार्षिक परीक्षाको नतिजा शुक्रबार प्रकाशन गर्ने क्रममा उनी रक्सी सेवन गरेको अवस्थामा विद्यालय पुगेकी थिइन्। नतिजा सम्बन्धी जिम्मेवारी माग्दा उनले अन्य शिक्षक तथा कर्मचारीलाई थर्काउने जस्ता गतिविधि गरेको आरोप लगाइएको छ।
विद्यालयका प्राध्यापक विष्णु बेल्बासेका अनुसार अवस्था नियन्त्रण गर्न सुरक्षाकर्मी बोलाइएको थियो। सम्झाउने प्रयास गर्दा पनि शिक्षिका भुसाल झन आक्रामक बनेको उहाँको भनाइ छ।
यसअघि पनि रक्सी सेवन सम्बन्धी विषयमा विद्यालय प्रशासनले उजुरी दिएको तर उक्त मुद्दा शिक्षिका भुसालले जितेकी थिइन्।
घटनाको सम्बन्धमा थप कानुनी प्रक्रिया अघि बढाउन महिला प्रहरीको अभाव र प्रमाण संकलन जस्ता कारणले समस्या भएको विद्यालय पक्षको भनाइ छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation