साना किसान कृषि सहकारी नरपानीद्वारा शेयर सदस्यलाई बिमा बापतको १० लाख बढीको चेक हस्तान्तरण

अर्घाखाँची ।सन्धिखर्क नगरपालिका ६मा रहेको साना किसान कृषि सहकारी संस्था लिमिटेडले शेयर सदस्यलाई बिमा बापतको १० लाख १० हजार रुपँया रकम को चेक प्रदान गरेको छ ।
२०८० साल असार २४ गते समूह नम्बर ३ की शेयर सदस्य गुनकला खत्रीले १० दश लाख ऋण लिनुभएको थियो। उक्त ऋणमा उहाँले सिटीजन लाइफ इन्सुरेन्स मार्फत ऋण बिमा समेत गर्नुभएको थियो।
यही चैत्र ३ गते खत्रीको असामयिक निधन भएको थियो। त्यसपछि बिमा दाबी प्रक्रिया अनुसार ऋण बिमा बापत १० लाख र काजकृया खर्च १० हजार गरि १० लाख १०हजार बराबरको चेक आज उहाँका छोरा सुदन खत्रीलाई संस्थाका प्रबन्धक सरस्वती न्यौपानी लगायतको सहभागीतामा उक्त रकम प्रदान गरिएको कम्प्युटर अपरेटर प्रकाश महत्राले जानकारी दिनुभएको छ ।

गुनकला खत्रीले ऋण बिमा गर्दा प्रिमियम बापत जम्मा १४हजार ८सय ५० मात्र बुझाउनुभएको थियो। सोही बिमाबाट आज ठूलो राहत प्राप्त हुँदा मृतकका छोरा सुदन खत्री भावुक बन्नुभएको थियो।
सुदन खत्रीका अनुसार,असोज १८ गते बुवाको निधन भएको र त्यसको पीडा सेलाउन नपाउँदै पुन चैत्र ३ गते आमाको मृत्यु भएपछि परिवार गहिरो शोक र आर्थिक अभावमा परेको थियो। यस्तो कठिन परिस्थितिमा सहकारी संस्थाबाट राहत मिलेको भन्दै उहाँले साना किसान कृषि सहकारी संस्था लि. नरपानीलाई एक असल अभिभावकको रूपमा प्रशंसा गर्नुभयो।
कृषि सहकारी एउटा सशक्त अभियान हो, जसले विशेषगरी निम्न वर्गका नागरिकका लागि आर्थिक प्रजातन्त्रको अभ्यास गरिरहेको छ। “एकका लागि सबै र सबैका लागि एक” भन्ने सहकारीको मूल मन्त्रले समाजमा आपसी सहयोग र सहकार्यको भावना मजबुत बनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation