काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको भाउ बढाएको छ । आजदेखि लागू हुने गरी पेट्रोलको मूल्य लिटरमा १५ रुपैयाँ तथा डिजेल र मट्टीतेलको मूल्य लिटरमा १० रुपैयाँ बढाइएको हो ।पश्चिम एशिया तनावका कारण अन्तर्राष्ट्रिय बजारमा इन्धनको भाउ आकाशिएको छ । त्यसको प्रभाव नेपालसम्म परेको हो ।

















