सन्त गरीबदास जी महाराजको ३सय औँ बोध दिवस समापन

धनुषा, नेपाल, फागुन १६ । फागुन शुक्ल द्वादशीका दिन जगतगुरु तत्त्वदर्शी सन्त रामपालजी महाराजको सान्निध्यमा आदरणीय सन्त गरीबदास जी महाराजको ३००औँ बोध दिवसको उपलक्ष्यमा सतलोक आश्रम धनुषा, नेपालमा आयोजित यस वर्षको तीन दिवसीय भव्य कार्यक्रम आज पूर्ण रूपमा समापन भएको छ ।

कार्यक्रमको अन्तिम क्षणमा आदरणीय सन्त गरीबदास जी महाराजको अमर ग्रन्थ (सद्ग्रन्थ साहिब) का अमर वाणीहरूको अखण्ड पाठपछि परमेश्वर कबीर साहेब तथा आफ्ना गुरु जी सन्त रामपाल जी महाराजलाई भोग लगाएर भोगको वाणी (भोगको आरती) पढेर हजारौं भक्तहरूको उपस्थितिमा यो आध्यात्मिक उत्सवको समापन गरिएको हो।

यो तीन दिवसीय कार्यक्रम फागुन १४ देखि १६ गते सम्म चलेको थियो। पहिलो दिन‌ पाठ प्रकाशबाट सुरु भएको थियो । दोस्रो दिन रक्तदान शिविर ४१ जनाले रक्तदान र दाइजोरहित ६ जोडीको आदर्श विवाह १७ मिनेटमा असुर निकन्दन रमैणी बजाएर आडम्बररहित सम्पन्न गरिने विवाहले विशेष आकर्षण बनेको थियो । तेस्रो दिन अमर ग्रन्थका वाणीहरूको पाठ, विशाल भण्डारा तथा अन्तिममा परमात्मा कबीर साहेब र सन्त रामपाल जी महाराजलाई समर्पित भोग लगाउने विधि तथा भोगको वाणीबाट भावपूर्ण समापन भएको छ । यसले भक्तहरूमा परमात्माप्रतिको पूर्ण श्रद्धा, भक्ति र सेवा भावना जगाएको छ ।

आयोजकको अनुसार यस भव्य कार्यक्रमको उत्सव मा दोस्रो दिन माननीय पूर्व राष्ट्रपति डा। रामवरण यादवज्यूका उपस्थिति रहेको थियो । उहाँले प्रत्यक्ष अवलोकन गरि समाजसेवी कार्यक्रमहरुको हृदयदेखी प्रशंसा गर्दै सफलताको कामना गर्नु भएको थियो। कार्यक्रममा सहभागीहरूले यो दिनलाई ुमानवताको उत्सवु को रूपमा वर्णन गरेका छन् बताए।

सतलोक आश्रम धनुषामा मात्रै हजारौं भक्तहरू सहभागी थिए । भारतका मुख्य सतलोक आश्रमहरू ९धनाना धाम, मुन्डका, कुरुक्षेत्र, भिवानी, धुरी, खमाणो, शामली, सोजत, बैतूल, महोली, धवलपुरी, करौंथा, इन्दौर, सितापुर र नेपालका सहित कुल १३ आश्रमहरूमा एकैसाथ यस्तै प्रकृतिका कार्यक्रम भव्य रूपमा सम्पन्न भएको हो । यसबाहेक, विश्वभरका ५५० भन्दा बढी मन्त्रदीक्षा केन्द्रहरूमा पनि ठाउँ विशेष अनुसार अनुयायीहरूको सहभागितामा आध्यात्मिक सत्सङ्ग प्रवचन तथा सामाजिक सेवाका कार्यहरू आयोजित भएका छन् ।

यो बोध दिवसले आदरणीय सन्त गरीबदास जी महाराजले ३०० बर्ष अघि फागुन शुक्ल द्वादशीका दिन परमेश्वर कबीर साहेबद्वारा भारतको हरियाणामा मन्त्रदीक्षा ग्रहण गरेको पावन दिनको सम्झना गर्दै मनाइन्छ । कार्यक्रमले सच्चा आध्यात्मिक ज्ञान, मानव सेवा, समाज सुधार र परमात्माप्रतिको भक्ति मार्गलाई विश्वव्यापी बनाएको छ। भक्तहरूले यसलाई ुसच्चा मुक्ति र भक्तिको महोत्सवु को रूपमा वर्णन गरेका छन् । आयोजकहरूले सबैलाई यस्ता पावन कार्यक्रममा सहभागी भई जीवनलाई धन्य बनाउन हार्दिक अपिल गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation