भ्रष्टाचार र विकृतिको अन्त्य गर्नु हाम्रो एजेण्डा होःअर्घाखाँची राष्ट्रिय जनमोर्चा

गोपाल प्रसाद भट्टराई,फागुन १४ अर्घाखाँची। राष्ट्रिय जनमोर्चा अर्घाखाँचीका नेताहरुले यसपालिको निर्वाचनमा आफुहरुले जित हाँसिल गर्ने उद्घोष गरेका छन् । राष्ट्र र जनताको पक्षमा सम्झौताहिन सहयात्रा, कु–शासन, भ्रष्टाचार र विकृतिको अन्त्य तथा नागरिक सचेतनानै आफुहरुको चुनाव जित्ने आधार भएको उनिहरुको दाबी छ । बुधबार भूमिकास्थान–५ असुरकोट र ६ को खिल्जीमा आयोजित छुट्टा–छुट्टै चुनावी सभामा बोल्दै नेताहरुले यस्तो बताएका हुन् ।
सभामा नागरिकका गुनासो तथा सुझाव संकलन गर्नुको साथै आफ्ना प्रतिबद्धताहरु नागरिक समक्ष राखेको राजमो जिल्ला अध्यक्ष थम्मन के।सी।ले जानकारी दिनुभएको छ । चुनावी अभियानमा राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर वि।सी।, जिल्ला अध्यक्ष थम्मन के।सी।, अर्घाखाँचीको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पशुपतिनाथ ढकाल, समानुपातिक उम्मेद्धार लक्ष्मी वि।क।, अखिल नेपाल युवक संघका केन्द्रिय सचिव ठाकुर पन्थी, राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, अखिल नेपाल जनाजाती सम्मेलनका केन्द्रिय उपाध्यक्ष उषा पुन, समता समाजका नेता प्रेम नेपाली लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको सहजीकरण राजमो भूमिकास्थानका अध्यक्ष हिमलाल बन्जाडे, असुरकोटका नेताहरु शिव प्रसाद बन्जाडे, रेसम वि।क।,खिल्जीका नेताहरु प्रकाश पौडेल, उमानन्द गैरे र दोर्ण भण्डारी सहितका स्थानिय नेताहरुले गर्नुभएको थियो ।
नेपालको संकटोन्मुख राजनीति, शासन प्रणालीको अवस्था र राष्ट्रिय सार्वभौमसत्ता माथिको चुनौतीलाई पार लगाउन राष्ट्रिय जनमोर्चाले जित्नुपर्नेमा नेताहरुको जोड छ । विगतका सरकारले जनताको अपेक्षा अनुसार सुशासन दिन नसकेको, विकासका सपना बाँडेपनि व्यवहारमा फेल भएको उनिहरुको आरोप छ । यसपालि भोट दिंदा विवेक पुराउन मतदातालाई उनिहरुले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation