सन्धिखर्क ।राष्ट्रिय जनमोर्चाका नेताहरुले साम्राज्यवादका मतियारबाट देश जोगाउनु अहिलेको मूख्य आवश्यकता भएको बताएका छन् । कांग्रेस, एमाले र माओवादीले म्यान्डेट अनुसार काम गर्न नसकेपछि अमेरिकाले नेपालमा नयाँ एजेन्ट खटाएको आरोप लगाउँदै नेताहरुले यिनिहरुबाट देश जोगाउनुपर्नेमा जोड दिएका छन् । शनिबार राष्ट्रिय जनमोर्चा अर्घाखाँचीले ढाकावाङमा आयोजना गरेको चुनावी कार्यक्रममा बोल्दै उनिहरुले यस्तो बताएका हुन् । विदेशी शक्तिबाट सञ्चालित बारबरा फाउण्डेशनका सदस्यले देशलाई थप संकटमा धकेल्न लागेको जिकिर गर्दै राजमोका नेताहरुले नेपाली जनता सचेत हुनुपर्ने जिकिर गरेका छन् ।
भूमिकास्थान–१ र २ ढाकावाङ्गका विभिन्न स्थानबाट राष्ट्रिय जनमोर्चाका अगुवा कार्यकर्ताहरुको सहभागितामा सम्पन्न कार्यक्रममा राष्ट्रिय जनमोर्चाका नेता शेर बहादुर विसी।, सागर केसी, जिल्ला अध्यक्ष थम्मन के।सी।, उम्मेद्धार पशुपति ढकाल, अखिल नेपाल युवक संघका केन्द्रिय सचिव ठाकुर पन्थी र अखिल नेपाल जनजाती सम्मेलनका केन्द्रिय उपाध्यक्ष उषा रानाले सम्बोधन गर्नुभएको थियो । राजमो भूमिकास्थान–१ का अध्यक्ष हिमलाल खनालको अध्यक्षता, जिल्ला सचिवालय सदस्य जिवनारायण खनालको स्वागत मन्तव्य र राजमो भूमिकास्थान–२ का सचिव खिम बहादुर राउतको संचालनमा सम्पन्न कार्यक्रममा राजमो जिल्ला उपाध्यक्ष गोपाल पौडेल, सचिवालय सदस्य कमल प्रसाद घिमिरे, देवेन्द्र कुंवर, अखिल छैठौंका केन्द्रिय सचिव जिवन नेपाली लगायतको आतिथ्यता रहेको थियो ।
अहिलेको चुनाव देश बचाउने र भत्काउने बिचको लडाईं भएको दाबी गर्दै वक्ताहरुले नागरिक सचेत हुनुपर्नेमा जोड दिएका छन् । कसैको प्रलोवनमा नपरी एजेण्डा र क्षमता हेरेर मतदान गर्न उहाँहरुको अपिल छ ।

















