अर्घाखाँचीमा करिव ५१ प्रतिसत मत खस्यो

सागर महत,फागुन २२ अर्घाखाँची ।
अर्घाखाँचीमा ८६ हजार ६ सय ६८ जनाले मात्र आफ्नो मताधिकार प्रयोग गरेका छन्। जसमा महिला मतदाता ४७हजार ६सय३८ र पुरुष मतदाता ३८हजार ९सय८० गरि कुल ८६ हजार ६ सय ६८ मत खसेको जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका प्रमुख बुद्वप्रकाश पौड्ेलले जानकारी दिनुभयो ।

यो कुल मतदाता सङ्ख्याको ५०.४९ प्रतिशत मात्र हुन आउँछ। जिल्लाभर कुल १ लाख ७१ हजार ६ सय ५२ मतदाता रहेका थिए ।
यस्तै जिल्लामा सम्पुर्ण मतदान स्थलबाट मतपेटीका आइसकेकाले पहिलो चरणमा सर्वपक्ष बैठक बसेपछि बिहान १० बजे सम्ममा मतगणना सुरु हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation