अर्घाखाँचीमा रास्वपा समानुपातीकमा पनि पहिलो दल बन्यो

सागर महत,फागुन २५ अर्घाखाँची ।
अर्घाखाँचीमा राष्ट्रिय स्वतन्त्र पाटी समानुपातीक मतमा पनि अग्रहता कायम गरेको छ । जसअन्तर्गत उक्त पाटीले ३९ हजार ८५ मत प्राप्त गर्दा नेकपा एमालेले २०हजार ४सय ५१ मत प्राप्त गरेको हो ।

नेपाली कांग्रेसले १७हजार ६सय ८१ मत प्राप्त गर्दा नेपाली कम्युनिष्ट पाटीले ३हजार ९सय १७ मत प्राप्त गरेको छ भने राष्ट्रिय जनमोर्चाले २हजार ३सय ३८ मत प्राप्त गरेको छ ।

यस्तै राष्ट्रिय प्रजातन्त्र पाटीले ७सय२५,श्रमसंस्कृती पाटीले ५सय ७२,नेपाल कम्युनिष्ट पाटी माओवादीले २सय ४६ मत प्राप्त गरेको हो ।अर्घाखाँचीमा कुल मतदाता संख्या १ लाख ७१ हजार ६ सय ५२ रहेका छन् । यहाँ कुल ८६ हजार ६ सय ६८ मत खसेको थियो ।रास्वपाले प्रत्यक्ष तर्फ जिल्लामा जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा उम्मेदवार हरि प्रसाद भुसाल ३५ हजार २३ मतका साथ विजयी हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation