अर्घाखाँची । हरिप्रसाद भुसाल ले सञ्चार क्षेत्रका समस्याहरू आफूले राम्रोसँग बुझेको बताउँदै आवश्यकताअनुसार विभिन्न कार्यक्रम ल्याइने बताउनुभएको छ।राष्ट्रिय स्वतन्त्र पार्टी बाट अर्घाखाँची प्रतिनिधि सभामा निर्वाचित सांसद भुसालले पछिल्लो समय मिडिया क्षेत्र धरासायी बन्दै गएको उल्लेख गर्दै त्यसको समाधानका लागि आवश्यक पहल गर्ने बताउनुभएको छ।

नेपाल पत्रकार महासंघ अर्घाखाँची शाखाले सन्धिखर्क मा आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।आफु मिडिया क्षेत्रमा काम गरेर आएकाले पनि त्यसको महत्व र प्रभावको बारेमा बुझेको उहाँको भनाइ छ।

जिल्ला को समग्र विकासका लागि सबै पक्षसँग हातेमालो गरेर अघि बढ्न आफू तयार रहेको पनि बताउनुभयो।यस्तै पत्रकार महासंघ जिल्ला अध्यक्ष गणेश खनालले जिल्लाका अधुरा काममलाई पहिलो प्राथामिकतामा राखेर काम गर्न सुझाव दिदै सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।कार्यक्रम पत्रकार महासंघ जिल्ला उपाध्यक्ष रुद्रमणि भुसालको संचालनमा सम्पन्न भएको हो ।

















