काठमाण्डौं ।निर्वाचन आयोगले समानुपातिकमा ६ दलले पाउने सिट संख्या निर्धारण गरेको छ। जसअन्तर्गत राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई ५७, नेपाली कांग्रेसलाई २०, नेकपा (एमाले)लाई १६, नेपाली कम्युनिस्ट पार्टी (नेकपा)लाई ९, श्रम संस्कृति पार्टीलाई ४ र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई ४ सिट निर्धाण गरेको हो।
सिट निर्धारण गरेसँगै आयोगले ६ वटै दललाई पत्राचार गरेको छ। आयोगले गरेको बाँडफाँड अनुसार, ३ दिनभित्र उम्मेदवारको नाम पठाउन भनेको छ।

















