सागर महत,चैत्र ०२ अर्घाखाँची ।
अर्घाखाँचीमा बस दुर्घटना हुँदा ६ जना घाइते भएका छन । जिल्लाको भूमिकास्थान नगरपालिका–२ ढाकावाङ्गको कल्टारीमा बस दुर्घटना हुँदा ६ जना सामन्य घाइते भएका हुन ।
ढाकावाङ्गबाट बुटवलतर्फ जाँदै गरेको लु १ ख ८६३८ नम्बरको बस सडकमै अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक दिवस बहादुर जिसीले जानकारी दिनुभयो ।घाइतेको उपचारको लागि जिल्ला अस्पताल अर्घाखाँचीमा ल्याउने तयारी भएको जनाएको छ ।
















