अर्घाखाँचीमा डढेलो नियन्त्रण गर्न १२ सदस्यीय दस्ता टोली परिचालन

सागर महत,चैत्र ०२अर्घाखाँची ।
डिभिजन वन कार्यालय अर्घाखाँचीले वन डढेलो नियन्त्रण तथा डढेलोबाट हुन सक्ने क्षति न्यूनीकरणका लागि योजनाबद्ध रूपमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्न सुरु गरेको छ ।वन डढेलो नियन्त्रण र जोखिम व्यवस्थापनलाई प्रभावकारी बनाउन विशेष वन डढेलो नियन्त्रण दस्ताको नियुक्ति गरिएको छ।

डिभिजन वन कार्यालयको नेतृत्वमा गठन गरिएको उक्त दस्तामा १२ सदस्यीय टोली रहने व्यवस्था मिलाइएको कार्यालयका सुचना अधिकारी केशर खड्काले जानकारी दिनुभयो । टोलीलाई आवश्यक उपकरण तथा मिनी दमकलसहित तयारी अवस्थामा राखिएको छ।
१२ सदस्यीय टोलीलाई जेठ मसान्तसम्म जिल्लाभर परिचालन गर्ने गरी व्यवस्थापन मिलाइएको छ। डढेलोको जोखिम बढी हुने समयलाई लक्षित गरी टोलीलाई विभिन्न वन क्षेत्रमा निगरानी तथा तत्काल नियन्त्रणका लागि खटाइने उहाँको भनाइ छ ।
यस्तै वन डढेलो सप्ताहको सुरुवातसँगै सरोकारवाला निकायबीच अन्तरक्रिया कार्यक्रम संचालन गरिएको खड्काको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation