घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा आधारभूत मन्टेश्वरी तालिम सम्पन्न

सागर महत,सन्धिखर्क अर्घाखाँची ।घरेलु तथा साना उद्योग कार्यालय अर्घाखाँचीको आयोजनामा चालु आर्थिक वर्षमा सञ्चालन गरिएको आधारभूत मन्टेश्वरी तालिम (३९० घण्टे) सम्पन्न भएको छ।जिल्लाभरबाट परेका ७७ वटा आवेदनमध्ये छनोटमा परेका १५ जनालाई तालिम प्रदान गरिएको कार्यालय प्रमुख दुर्गा न्यौपानेले जानकारी दिनुभयो।


उहाँका अनुसार उक्त तालिमले शिक्षण पेशामा आबद्ध हुन चाहने व्यक्तिहरूका लागि उपयोगी हुनुका साथै बालबालिकाको सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ। साथै उद्यमशीलता विकास गर्दै स्वरोजगार बन्न पनि यसले सहयोग पुग्ने विश्वास व्यक्त गरिएको कार्यालय प्रमुख न्यौपानेको भनाइ छ ।
तालिम समापन कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइराला, प्रमुख जिल्ला अधिकारी तोयनारायण सुवेदी, शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख विष्णु बेल्बासे, सन्धिखर्क नगरपालिका–१ का वडा अध्यक्ष माधव श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो।कार्यक्रममा सहभागीहरूले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation