सन्धिखर्कमा ज्येष्ठ नागरिकका हक–अधिकारबारे अभिमुखीकरण कार्यक्रम सम्पन्न

सागर महत,चैत्र ०६अर्घाखाँची ।
सन्धिखर्क नगरपालिका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा वडा स्तरीय ज्येष्ठ नागरिक समन्वय समिति तथा नगर स्तरीय ज्येष्ठ नागरिक मञ्चका पदाधिकारीहरूलाई लक्षित गर्दै ज्येष्ठ नागरिकका कानुनी हक–अधिकार सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै नगर उपप्रमुख मिश्रा आचार्यले यस्ता कार्यक्रमहरूले ज्येष्ठ नागरिकमा सचेतना अभिवृद्धि गर्नुका साथै आफ्ना हक–अधिकारप्रति जागरूक बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो। उहाँले नगरपालिकाले ज्येष्ठ नागरिक लक्षित कार्यक्रमहरू हरेक वर्ष सञ्चालन गर्दै आएको समेत उल्लेख गर्नुभयो।
त्यसैगरी, प्रमुख प्रशासकीय अधिकृत प्रमोद खनालले पाका उमेर समूहलाई आफ्ना अधिकारसम्बन्धी जानकारी दिनु अत्यन्त आवश्यक रहेको उल्लेख गर्दै यस्ता अभिमुखीकरण कार्यक्रमहरूले सकारात्मक योगदान पु¥याउने विश्वास व्यक्त गर्नुभयो।
कार्यक्रममा नगरभित्रका १२ वटै वडाका ज्येष्ठ नागरिक समन्वय समितिका प्रतिनिधि तथा नगरस्तरीय ज्येष्ठ नागरिक मञ्चका पदाधिकारीहरूको सहभागिता रहेको थियो।वरिष्ठ प्रशासकीय अधिकृत मञ्जु खनालको प्रशिक्षणमा कार्यक्रम सम्पन्न ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation