अर्घाखाँचीमा आर्थिक गणना वैशाखबाट शुरु हुने

सागर महत,चैत्र ०६अर्घाखाँची ।

अर्घाखाँचीमा आर्थिक गणनाको क्रममा सही तथ्यांक उपलब्ध गराउन आग्रह गरिएको छ। जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाले सन्धिखर्कमा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै आर्थिक गणनाका लागि यथार्थपरक तथ्यांक दिन सबै सरोकारवालालाई आग्रह गर्नुभएको हो। उहाँले यस्ता तथ्यांकले जिल्लाको वास्तविक आर्थिक अवस्था उजागर गर्ने मात्र नभई रोजगारी, व्यापार–व्यवसाय लगायतका क्षेत्रको स्पष्ट विवरण आउने बताउनुभएको छ।

जिल्लामा आर्थिक गणना कार्यका लागि २३ जना गणक खटाइने भएको छ । जिल्ला आर्थिक गणना संयोजक बाबुराम न्यौपानेका अनुसार दर्ता भएका विवरण तथा विभिन्न आर्थिक क्रियाकलापको गणना गर्न अर्घाखाँचीका ६ वटै पालिकामा २०८३ वैशाख २ गतेदेखि गणक परिचालन गरिनेछ। आर्थिक गणनाको कार्य असार ७गते सम्म संचालन हुने उहाँको भनाइ छ।विशेष गरि आर्थिक संग सम्बन्धित दर्ता भएका आर्थिक कारोबार गर्ने क्षेत्रको गणना हुने छ।
जिल्लामा २३जना गणक आवश्यकता भएपनी ७सय ६२को आवेदन परेको जिल्ला आर्थिक गणना सहसंयोजक दिलिप केसीले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation