पाल्पा टिप्पर दुर्घटनामा अर्घाखाँचीका चालक सहित ४को मृत्यु

अर्घाखाँची ।पाल्पामा टिप्पर दुर्घटना हुँदा अर्घाखाँचीका चालक सहित ४ को मृत्यु भएको छ । मृत्यु हुनेमा चालक अर्घाखाँचीको सितगंगा नगरपालिका वडा नम्बर ४ सिद्दाराका २६ वर्षीय चिन्ताबहादुर सुनार , सोही स्थानका २६ वर्षीय सुनिल बिक, रुपन्देही देवदह नगरपालिका वडा नम्बर २ खैरेनीका २६ वर्षीय सुनिल नेपाली र पाल्पा तानसेन नगरपालिका वडा नम्बर १० का ३३ वर्षीय राजन चिदी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
प्रहरीका अनुसार शनिबार राति माथागढी गाउँपालिका वडा नम्बर ४ झडेवाबाट वडा नम्बर ७ रहबासतर्फ रहेको चुनढुंगा खानीतर्फ जाँदै गरेको लु २ ख ४५२५ नम्बरको खाली टिप्पर दुर्घटनामा परेको हो। दुर्घटनामा चालकसहित चार जना सवार थिए।दुर्घटनाग्रस्त टिप्पर सडकदेखि करिब ५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation