सन्धिखर्क–७ मा जेष्ठ नागरिकलाई डेस्पेन्सरी वितरण तथा स्वास्थ्य परीक्षण

अनिल नेपाल,अर्घाखाँची । सन्धिखर्क नगरपालिका वडा नम्बर ७ ले वडा भित्रका ८५ वर्षभन्दा माथिका जेष्ठ नागरिकहरूलाई लक्षित गर्दै डेस्पेन्सरी वितरण तथा स्वास्थ्य परीक्षण सम्मान कार्यक्रम सम्पन्न गरेको छ।


कार्यक्रममा वडा अध्यक्ष चुरा बहादुर केसीले जेष्ठ नागरिकहरू समाजका मार्गदर्शक भएको उल्लेख गर्दै उनीहरूको अनुभव र सल्लाहले समाज तथा वडाको समृद्धिमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो। उहाँले वडाले जेष्ठ नागरिकका लागि ठूलो काम गर्न नसकेको भए पनि सम्मानस्वरूप घरदैलोमै पुगेर डेस्पेन्सरी वितरण तथा स्वास्थ्य परीक्षण सेवा प्रदान गरिएको जानकारी दिनुभयो।


कार्यक्रममा वडा सदस्य डुकलाल पोखरेल, पुष्पा नेपाली, वडा सचिव सीता बिसी पराजुली, स्वास्थ्य चौकी प्रमुख प्रेमचन्द विक तथा पत्रकार अनिल नेपालीलगायतको टोली गाउँ–गाउँमा पुगेर जेष्ठ नागरिकलाई सेवा प्रदान गरेको थियो।
वडाले वार्षिक कार्यक्रमअन्तर्गत वडा भित्रका १६ जना जेष्ठ नागरिकलाई डेस्पेन्सरी वितरण गरेको अध्यक्ष केसीले जानकारी दिनुभयो।
अध्यक्ष केसी निर्वाचित भएदेखि नै वडावासीका लागि विभिन्न रचनात्मक कार्य गर्दै निरन्तर सेवा प्रवाहमा सक्रिय रहनुभएको छ। घरदैलोमै पुगेर सेवा प्रदान गर्दा जेष्ठ नागरिकहरू खुशी भएको र स्थानीय सरकारले दिएको सेवा प्रत्यक्ष अनुभूति गर्न पाएको उनीहरूले बताएका छन्।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation