सन्धिखर्क ।अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर १ ले आफ्नो वडा भित्र रहेका ५ विद्यालयलाई शैक्षिक सुधारमा टेवा पु¥याउने उद्देश्यले विभिन्न सामग्री वितरण गरेको छ।

विद्यालयको शैक्षिक गुणस्तरलाई सुधार गर्न प्रविधि र शैक्षिक सामग्री वितरण गरेको छ। विद्यालयको जगका रुपमा रहेका प्रारम्भिक बालविकास केन्द्रको शिक्षण सिकाइलाई व्यवहारिक बनाउन शैक्षिक सामग्री वितरण गरिएको वडा अध्यक्ष माधव श्रेष्ठले बताउनुभएको छ ।वडा अन्तर्गतका समाजकल्याण आधारभूत विद्यालय, बालशिक्षा आधारभूत विद्यालय लगायतका विद्यालयमा एलइडी टिभी, खेलकुद तथा अन्य शैक्षिक सामग्री पनि प्रदान गरिएको हो।
विगतका वर्षहरूमा जस्तै यस आर्थिक वर्ष २०८२/८३ मा पनि शैक्षिक सुधार कार्यक्रम अन्तर्गत सामग्री वितरण गरिएको वडा अध्यक्ष श्रेष्ठको भनाइ छ।


















