सन्धिखर्क ,चैत्र १९ ।अर्घाखाँचीमा यस वर्षको एसइई परिक्षामा ३ हजार ६५ जना विद्यार्थि परिक्षामा सहभागि भएका छन । जसमा १हजार ४सय४० जना छात्र र १हजार ६सय२५ जना छात्रा रहेको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइ अर्घाखाँचीका प्रमुख विष्णुप्रसाद वेल्वासेले जानकारि दिनुभएको छ ।
२ हजार २सय१० जना साधारण र १सय३२ जना प्राविधिक धार गरि नियमित तर्फ २ हजार ३सय४२ र ग्रेड बृद्धिमा ७सय२१ जना विद्यार्थी सहभागि छन्।
परिक्षा संचालनका लागि १४ वटा परिक्षा केन्द्र तोकीएको छ । परिक्षा मर्यादित र ब्यवस्थित रुपमा संचालन गर्न केन्द्राध्यक्ष, सुरक्षाकर्मी सहित ५ सय कर्मचारी खटिएका छन् ।

















