छत्रदेवमा आगलागी हुँदा घर गोठ जलेर नष्ट

सागर महत,चैत्र २०अर्घाखाँची ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ३ काउछेमा आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएको छ ।

सोहि ठाउँकी स्थानीय धनकला कुमालको घरमा एक्कासी आगलागी हुँदा घर र गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ । यस्तै गोठमा बाँधिएको एउटा भैंसी जलेर मरेको प्रहरी नायव उपरिक्षक दिवस बहादुर जिसीले जानकारी दिनुभयो ।आगलागीबाट घरभित्र रहेका सम्पूर्ण अन्नपात, लत्ताकपडा तथा दैनिक उपयोगका सामग्री पूर्ण रूपमा जलेर नष्ट भएका छन्। यस्तै क्षतिको विवरण संकलन गर्ने कार्य भैरहेको र आगलागीको कारणबारेमा थप अनुसन्धान भैरहेको जनाएको छ ।


आगलागी नियन्त्रणका लागि बल्कोट प्रहरी चौकी, डिभिजन वन कार्यालयको मिनि दमकल , तथा स्थानीय बासिन्दाहरू सक्रिय सहभागीतामा आगो नियन्त्रणमा आएको हो ।

प्रतिक्रिया दिनुहोस !

सम्बन्धित समाचार


© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal

© 2026 Sabaiko Sandes All right reserved Site By : Himal Creation