अर्घाखाँची ।लुम्बिनी प्रदेशका सांसदहरूले आज प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटघाट गरेका छन्। भेटमा सांसद हरिप्रसाद भुसालले अर्घाखाँचीका विभिन्न समस्याहरू उठान गरिएको बताउनुभयो।

उहाँका अनुसार आफूलाई दिइएको एक मिनेटको समयमा बाँदर, बदेल जस्ता वन्यजन्तुको समस्याका कारण गाउँहरू रित्तिँदै गएको विषय प्रमुख रूपमा राखिएको थियो। साथै, अलपत्र परेका योजनाहरूलाई अगाडि बढाउन आग्रह गरिएको उहाँले बताउनुभयो।
यससँगै अर्घाखाँचीको सम्भावना बोकेको कृषि व्यवसायीकरण, पर्यटन विकास, गाउँ–गाउँमा रहेको खानेपानी समस्या, शिक्षा क्षेत्र सुधार तथा जिल्ला अस्पतालको स्तरवृद्धि लगायतका विषयहरू प्रभावकारी रूपमा प्रस्तुत गरिएको सांसद भुसालको भनाइ छ।
उहाँले जनताको सरकारले यी समस्याहरू समाधान गर्न आवश्यक पहल गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

















