सन्धिखर्क ।अर्घाखाँचीको छत्रदेव गाउँपालिका–१, बाख्राकी गंगादेवी ज्ञवाली १०६ वर्षको उमेरमा पुग्नुभएको छ। यति उच्च उमेरमा पनि उहाँको स्वास्थ्य अवस्थामा खासै समस्या छैन। उहाँ अझै स्पष्ट रूपमा सुन्न र बोल्न सक्नुहुन्छ, जुन आफैंमा प्रेरणादायी पक्ष हो।
हाल उहाँ आफ्ना छोरा राम ज्ञवालीसँग बस्दै आउनुभएको छ भने उहाँको दैनिक हेरचाहमा बुहारी पनि सक्रिय रूपमा खटिनुभएको छ। आश्चर्यजनक रूपमा उहाँ अहिले पनि आफ्ना दैनिक क्रियाकलाप—दिशा र पिसाब—आफैं गर्न सक्षम हुनुहुन्छ।
खानपानमा पनि उहाँको रुचि राम्रो रहेको छ। विशेषगरी अचारप्रति उहाँको बढी रुचि रहेको छ भने मासु खान भने छाडिसक्नुभएको छ।
अर्घाखाँची जिल्लामा यति लामो आयु पुग्ने व्यक्तिहरू निकै न्यून हुने भएकाले गंगादेवी ज्ञवाली एक उदाहरणीय र प्रेरणादायी व्यक्तिका रूपमा चिनिनुभएको छ।

















